सन्दीपले स्कटल्यान्ड र नामिबियाविरूद्धकाे सिरिज खेल्ने !

Read Time:2 Minute

नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने भएको छ । फागुनमा नेपालले आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध घरेलु मैदानमा हुने क्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षमा सन्दीपलाई पनि सहभागी गराउने क्यानले जनाएको छ।

नाबालिगाका बलात्कार आरोप लागेपछि निलम्बनमा परेका सन्दीप ९९ दिन थुनामा बसेर गत साता धरौटीमा रिहा भएका थिए। सन्दीपलाई क्रिकेटमा फर्काउने प्रयास स्वरुप क्यानले उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राख्न लागेको हो।

क्यानले स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलका लागि केही दिनभित्र क्लोज क्याम्प सुरु गर्दै छ । सो क्लोज क्याम्पमा सन्दीपलाई समावेश गर्ने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जनाएका छन्।

‘छिट्टै क्लोज क्याम्प सुरु गर्दैछौँ, क्याम्पमा सन्दीप पनि समावेश हुनेछन्,’ मल्लले भने, ‘त्यहाँ गरेको प्रदर्शनअनुसार नेपाली टोलीको घोषणा हुनेछ ।’ धरौटीमा रिहा भएपछि सन्दीप राष्ट्रिय टोलीमा समावेश हुने वा नहुने प्रश्न उब्जिएको छ ।

उनले क्लोज क्याम्पको प्रदर्शनका आधारमा सन्दीप टिममा हुने नहुने टुंगो लाग्ने बताए।

आइसिसीले सन्दीपलाई राष्ट्रिय टोली वा क्लोज क्याम्पमा समावेश गर्न केही बाधा नगर्ने क्यानका कार्यवाहक सचिव मल्लले बताएका छन् । नेपालकै कानुन अनुसार अगाडि बढ्न आईसिसीले भनेको उनले बताए।

राष्ट्रिय क्रिकेट टोलीलाई योगदान गरेका एक प्रतिभाशाली खेलाडीलाई प्रशिक्षणबाट वञ्चित गर्न नहुने भनाइ उनको छ । ‘सन्दीपजत्तिको खेलाडीलाई क्लोज क्याम्पबाट बाहिर राख्न नसकिने र एक हिसाबले उनी टोलीमा हुनुपर्ने खेलाडीमा पर्छन्,’ मल्लले भने।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मिलान डर्बीमा जित निकाल्दै इन्टरले जित्यो इटालियन सुपरकप
Next post साउदीमा रोनाल्डो र मेसी आज भिड्दै, कसले जित्ला?
Close