इंग्ल्यान्डविरुद्धकाे दोस्रो टेस्टबाट बाहिरिए राहुल र जडेजा, सर्फराज र वासिङ्टनलाई मौका

30 Jan, 2024

ब्याट्सम्यान केएल राहुल र अलराउन्डर रविन्द्र जडेजा इंल्यान्डविरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका छन्। हैदरावादमा भएको पहिलो टेस्टका क्रममा घाइते भएपछि जडेजा र राहुलले दोस्रो टेस्ट नखेल्ने भएका हुन्।

दोस्रो इनिङमा ब्याटिङका क्रममा जडेजालाई ह्यामिस्ट्रिङ भएको थियो। राहुलले पनि खेलका क्रममा दायाँ तिघ्रामा दुखाई महसुस गरेका थिए। सोही कारण दुवै विसाखापटनममा हुने दोस्रो टेस्टबाट बाहिरिएका हुन्।

राहुल र जडेजा बाहिरिएपछि उनीहरुको स्थानमा ब्याट्सम्यान सर्फराज खान, अलराउन्डर वासिङटन सुन्दर र स्पिनर सौरभ कुमारलाई टिममा बोलाइएको छ। सर्फराज पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट लयमा छन्। उनी भारतीय टिममा नपर्दा छनोटकर्ताको चर्को आलोचना भएको थियो। रेडबल क्रिकेटमा सुन्दरको पनि प्रदर्शन राम्रो छ।

सम्भवतः सर्फराज र सुन्दर दुवैले दोस्रो टेस्टमा मौका पाउनेछन्। यस्तै, विराट कोहलीको स्थानमा टिममा आएका रजत पाटिदारले पनि आउटअफ फर्म रहेका सुभमन गिलको स्थानमा मौका पाउन सक्नेछन्।