अन्तर स्कुल क्रिकेटमा अर्किड र न्यू मून सेमिफाइनलमा प्रवेश

20 Feb, 2025

जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यू मून स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ।

पहिलो खेलमा अर्र्किड स्कुलले डिएभी स्कुललाई ९ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १७ दशमल २ बलमा सवै विकेट गुमाई ७२ रन बनाएको थियो । डिएभीका लागि प्रभान्सु कर्णले सर्वाधिक १६ रनको योगदान दिए । अर्किडका सुजन यादवले ३ विकेट लिँदा प्रेम कामतले २ विकेट लिए ।

७३ रनको लक्ष्य पछ्याएको अर्किडले ७ दशमलव ३ बलमा १ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले सर्वाधिक ५० रनको योगदान दिए । डिएभीका केशव झाले १ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले अरनिको स्कुललाई ५८ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४६ रन बनाएको थियो । न्यूमूनकालागि इस्तियाक आलमले सर्वाधिक ३६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८८ रनमा सिमित भयो । अरनिकोका प्रिन्स मेहताले सर्वाधिक २६ रनको योगदान दिए । न्यू मूनका प्लेयर अफ म्याच समिर आलमले–३ विकेट लिए ।