शक्ति गौतचन भने लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षक

6 Oct, 2024

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम लुम्बिनी लायन्सको पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ।

लुम्बिनीका मालिक ईश्वर जिसी र शक्ति गौचनबीच शनिबार एक सम्झौता भएको छ।

‘एनपीएल नेपाली क्रिकेटको एउटा ठूलो प्लेटफर्म हो। आउने अक्सनमा मैले कडा मिहिनेत गरेर राम्रो टिम बनाउन प्रयास गर्नेछु । क्यान र लुम्बिनी टोलीलाई धन्यवाद’, शक्तिले सम्झौता कार्यक्रममा भने।

नेपालका सफल खेलाडी शक्ति २०१८ मा सन्यास लिएपछि भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छन्।

शक्तिले २०२१ को एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजमा बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए।

लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन्। एनपीएलको अक्सन आइतबार काठमाडौंमा हुँदैछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]