भारतीय टेस्ट टिमको जिम्मा गिलको काँधमा, को-को परे टिममा?

24 May, 2025

युवा व्याट्सम्यान शुभमन गिल भारतीय टेस्ट टिमको कप्तान बनेका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्डले रोहित शर्माको स्थानमा गिललार्इ ‘रेड बल’ कप्तान बनाएको हो।

रोहित शर्माले २ साताअघि मात्र टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए। त्यसपछि बिसिसिआई नयाँ कप्तानको खोजीमा थियो। त्यसमा जसप्रित बुमराह मूख्य दाबेदार थिए। तर, बुमराहको चोटका कारण उनको उपलब्धतालाई लिएर बिसिसिआईले गिललाइृ कप्तान बनाउको हो।

तर, गिललाई दुई सिनियर खेलाडी रोहित शर्मा र विराट कोहलीविना टिमलाई सफलता दिलाउने चुनौती भने हुनेछ। सँगै टेस्टमा खराब फर्ममा रहेका गिललाई आफ्नै प्रदर्शन सुधार गर्ने चुनौती पनि छ। उनी भारतको एकदिवसीय टिमको उपकप्तान छन्।

मुख्य प्रशिक्षक गौतम गम्भीर र चयन समितिका प्रमुख अजित आगरकरले गिलसँगको लामो छलफलपछि यो निर्णय लिइएको बताएका छन्।

गिललको कप्तानीमा भारतले इंग्ल्यान्डको भ्रमण गर्ने छ। जहाँ भारतले ५ खेलको टेस्ट सिरिज खेल्ने छ।

बिसिसिआईले इंग्ल्यान्ड भ्रमणका लागि गिलको कप्तानीमा १८ सदस्यीय टिम घोषणा गरेका छ। बिसिसिआईले रिषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

यस्तै, भारतीय टिममा ब्याट्सम्यान साई सुदर्शन र अर्शदीप सिंहले पहिलो पटक स्थान बनाउँदा लामो समय पछि करुण नायरले पनि टिममा पुनरागमन गरेका छन्। तर, पछिल्लो समय नियमित भारतीय टिममा रहँदै आएका सर्फराज खान र अक्षर पटेलले भने टिममा अटाउन सकेनन्। टिममा पर्ने अपेक्षा गरिएका मोहम्मद सामी र खलिल अहमद पनि अटाउन सकेनन्।

भारतीय टेस्ट टिम : शुभमन गिल, रिषभ पन्त, यशस्वी जयस्वाल, केएल राहुल, साई सुदर्शन, करुण नायर, ध्रुव जुरेल, रविन्द्र जडेजा, अभिमन्यू इश्वरन, वाशिङटन सुन्दर, जसप्रित बुमराह, मोहम्मद सिराज, अर्शदीप सिंह, कुलदीप यादव, प्रसिद्ध कृष्ण, नितिशकुमार रेड्डी, आकाश दीप, शार्दुल ठाकुर,

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]