टी-२० विश्वकप श्रीलंकाले विजयी

9 Feb, 2026

आईसीसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकाले विजयी सुरुवात गरेको छ। आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो।

श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी छँदा १४३ रनमा अलआउट भयो। ह्‍यारी टेक्टरले सर्वाधिक ४० रन बनाए। रस अडेयरले ३४ रन बनाए । लोर्कन टकरले २१ रन बनाए।

श्रीलंकाका लागि महीश थिक्साना र वानिन्दु हसरंगाले ३-३ विकेट लिँदा मथिसा पथिरानाले २ विकेट लिए भने दुशमान्था चमीरा र दुनिथ वेलालगेले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । कुसल मेन्डिसले अविजित ५६ रन बनाए भने कामिन्दु मेन्डिसले ४४ रन बनाए ।

आयरल्यान्डका लागि बेरी मेकार्थी र जर्ज डकरेलले २-२ विकेट लिए भने मार्क अडेयर र गारेथ डेलानीले १-१ विकेट लिए।

आजै भएको समूह ‘डी’ अन्तर्गतको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ पराजित गरेको छ। अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

टिम सेइफर्टले ६५ तथा ग्लेन फिलिप्सले ४२ रन बनाए । मार्क चापमानले २८ रन बनाउँदा डारिल मिचेल २५ अनि कप्तान मिचेल सान्टनर १७ रनमा अविजित रहे।

त्यसअघि गुल्बादिन नाइबको अर्धशतकमा अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]