पहिलो खेलमा पराजित भएपछि सोमपा भन्छन्– यो खेलका बारेमा धेरै सोच्नु हुन्न, अर्को खेलमा कमब्याक गर्छौं

18 Nov, 2025
Share:
117 Shares

कर्णाली याक्सले नेपाल प्रियिमर लिगको दोस्रो सिजनको सुरुआत हारबाट गरेको छ। मंगलबार त्रिवी मैदानमा भएको पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले पराजित भयो।

पराजित भएपछि कर्णालीका कप्तान तथा मार्की खेलाडी सोमपाल कामीले आजको खेलका बारेम धेरै सोच्न नहुने बताउँदै आगामी खेलमा फोकस हुनुपर्ने बताए।

आज चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताए। पोस्टम्यचन कन्फ्रेन्समा उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए।

‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ,’ उनले भने।

उनले खेलमा गल्तीहरु हुन्छ आज पनि त्यही भएको भन्दै अबको खेलमा दुई सय प्रतिशत कम ब्याक गर्ने दाबी गरेका छन्।

यस्तै, चितवन राइनोजको प्रशिक्षक कमल अलिले सोचेको जस्तो सुरुवात भएको कारण खेल जित्न सफल भएको बताए।
‘हामीले सोचेको जस्तो सुरुवात त भएको हो । योजना बनाएर पनि आएका थियौ त्यसकारण खेल जित्न पनि सफल भयौं,’ उनले भने।