क्रिकेटराष्ट्रिय क्रिकेट

सोमपाल भन्छन्– भारतविरुद्ध खेल्न सकारात्मक र उत्साहित छौं

नेपाल पहिलो पटक भारतसँग सिनियर लेभलमा खेल्दै छ। नेपाली टिमले श्रीलंकामा आज दिउँसो ३ः१५ बजे भारतको सामाना गर्ने छ।

भारतसँगको खेलअघि नेपाली टिमका अलराउन्टर सोमपाल कामीले आफूहरु उत्साहित रहेको बताएका छन्। उनले भरतजस्तो क्रिकेटको हस्तीसँग खेल्न पाउँदा साकारात्मक रहेको बताए।

‘भारतसँग निकै खेल्नका लागि म निकै सकारात्मक छु। हामी राम्रो गर्न सक्छौं। सबै उत्साहित छन्। म पनि उत्साहित छु,’ सोमपालले क्यानसँगको कुराकानीमा भनेका छन्।

सोमपालले पाकिस्तानसँगको खेलमा नतिजा जस्तो आए पनि अनुभव राम्रो रहेको बताउँदै पाकिस्तानसँग खेल्नु हाम्रा लागि फरक अनुभव भएको बताए। उनले पाकिस्तानसँँग दोस्रो इनिङ बिग्रिएको बताउँदै तयारी अनुसारको प्रदर्शन गर्न नसकेको बताए।

विश्वकै उत्कृष्ट बलरलाई फेस गरेको उल्लेख गर्दै सोमपालले बल सोचेको भन्दा तीव्र गतिमा आउँदा खेलाडीहरु केही हडबडाएको सुनाए। ‘हामीले ४० ओभरसम्म राम्रो गरेका थियौं। फिल्डिङमा मिस्टेक गर्‍यौँ। किनकि हामीले सोचेभन्दा तेज बल आयो। बलिङमा मेरो एउटा ओभर बिग्रियो।’

अहिले नेपाली क्रिकैट टिममा एकले अर्कोलाई हौस्याउने र सहयोग गर्ने वातावरण रहेकाले आफूहरु अझै राम्रो गर्ने उनको विश्वास छ। यहाँसम्म पुग्न धेरै प्रतियोगिता जितेको बताउँदै उनले टिभीमा हेर्ने गरेका टिमसँग खेल्ने अवसरले अझै अघि जाने सघाउने बताए।

उनले थपे, ‘इन्डिया र पाकिस्तानको खेल हामीले सधैं टिभीमा हेरेका थियौं। अहिले हामीले उनीहरुसँग खेलिरहेको विश्वले हेरिरहेको छ। हामीसँग सम्भावना छ। हामीले नेपाललाई सधैं प्राउड फिल गराएका छौं। यसपल्ट पनि गराउनेछौं।’