जरी टी–२० विश्वकपको सुपर ८को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। बुधवार भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हरायो।
दक्षिण अफ्रिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो ।
३.३ ओभरमा ३३ रन जोडेका बेला पहिलो विकेट गुमाउन पुग्यो। स्टेभन टेलर १४ बलमा २४ रन बनाएर आउट भए। उनले एक छक्का र चार चौका प्रहार गरेका थिए। त्यसपछि नितिश कुमार र कप्तान आरोन जोन्स सस्तैमा आउट भएपछि अमेरिकामाथि केही दबाब परेको थियो।
उसका लागि एन्ड्रिस गोस ४७ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ८० रनमा नटआउट रहे। यस्तै, हरमित सिंहल २२ बलमा ३८ रन बना। यी दुईले छैठौं विकेटका लागि ९१ रनको साझेदारी गर्दै टिमको आशा जिवितै राखेका थिए।
बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिँदा केशव महाराज, एनरिज नोर्किया र तबरेज सम्सीले समान एक विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । १६ रन हुँदा रिजा हेनरिक आउट भएका थिए । उनले ११ बल खेल्दा ११ रन नै बना । उनको ब्याटबाट एक छक्का प्रहार भएको थियो।
त्यसपछि क्विन्टन डीकक र कप्तान एडेन मार्करम मिलेर दक्षिण अफ्रिकाको रथ अघि बढाएका थिए । यी दुई खेलाडीले ११० रनको साझेदारी गरेपछि दक्षिण अफ्रिका विशाल लक्ष्यतर्फ अघि बढेको थियो । १२.२ ओभरमा १२६ रन हुँदा दक्षिण अफ्रिकाले दोस्रो विकेट गुमायो।
दक्षिण अफ्रिकाका क्विन्टन डीकक उत्कृष्ट पारि खेलेर विदा भए । ४० बल फेस गरेका डीककले ५ छक्का र ७ चौकाको मद्दतले ७४ रनको पारि खेले । डेभिड मिलर गोल्डेन डकआउट भए । चौथो विकेटको रुपमा एडेन मार्करम ३२ बलमा ४६ रन बनाएर आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरेका थिए।
त्यसपछि हेनरिक क्लासन ३६ र ट्रिस्टन स्टब्स २० रन बनाए। अमेरिकाका सौरभ नेत्रवाल्कर र हरमित स्रिहले समान दुई विकेट लिए ।