अस्ट्रेलियान कप्तान स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया फाइनल पुग्न असफल भएलगत्तै ३५ वर्षीय स्थिमले एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्।
स्मिथकै कप्तानीमा रहेको अस्ट्रेलिया मंगलबार दुबई भएको सेमिफाइनलमा भारतसँग ४ विकेटले पारजित भएको थियो।
वर्तमानमा पुस्ताका उत्कृष्ट ब्याट्सम्यान मध्ये एक स्मिथले १७० एकदिवसीय खेल खेल्दै १२ शतक र ३५ अर्धशतक मद्दतमा ५ हजार ८ सय रहन बनाएका छन्।
सन्न्यासको घोषणा गर्दै स्मिथले यो यात्रा अद्भुत रहेको बताएका छन्। स्मिथले अस्ट्रेलियाबाट सन् २०१५ र २०२३ गरी २ एकदिवसीय विश्वकप जितेका छन्।
‘यो एक अद्भुत यात्रा थियो र मैले प्रत्येक क्षणलाई सम्झिरहने छु, थुप्रै अद्भुत समय र शानदार सम्झनाहरू छन्। दुई वर्ल्ड कप जित्नु एक ठूलो उपलब्धि हो। साथै उत्कृष्ट साथीहरुसँग यात्रा गर्न पाउनु पनि ठूलो उपलब्धि हो,’ स्मिथले भनेका छन्।
२०२७ विश्वकपको तयारी गर्न यो राम्रो समय भएको बताउँदै स्मिथले आफ्ना लागि सन्यासको यो उपयुक्त समय भएको बताएका छन्।
एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपनि स्मिथ टेस्ट र टि–२०मा भने अस्ट्रेलियाको जर्सीमा देखिनेछन्। उनले टि–२० भन्दा पनि टेस्ट आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।
‘टेस्ट क्रिकेट अझै पनि प्राथमिकता हो र म वर्ल्डटेस्ट च्याम्पियनशिप फाइनल, वेस्टइन्डिज र इंग्ल्याण्डसँगको घरेलु श्रृङ्खला खेल्न उत्साहित छु। मलाई लाग्छ म टेस्टमा अझै त्यहाँ धेरै योगदान गर्न सक्छु।