सुदूरपश्चिमले रिटेन गर्‍यो दीपेन्द्र, आरिफ र अविनाशसहित ६ खेलाडी

21 Jun, 2025

नेपाल प्रिमियर लिग (एनपिएल)को टिम सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ।

पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, विकेट किपर तथा ओपनर विनोद भण्डारी, ब्याट्सम्यानद्वय आरिफ सेख र इशान पाण्डे तथा बलरहरु अविनाश बोहरा र नरेन साउदलाई रिटेन गरेको हो।

पहिलो संस्करणमा टिमलाई फाइनलसम्म पु¥याउन यी ६ खेलाडीको भूमिका महत्वपूर्ण थियो। दीपेन्द्र त पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी बनेका थिए।

नरेनबाहेक अन्य ५ खेलाडीसँग राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन्। टिमको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका थिए।

पहिलो संस्करणमा सुदूरपश्चिम फाइनलमा जनकपुर रोयल्ससाग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]