सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

2 Nov, 2025

नेपाल प्रिमियर लिग टोली सुदूरपश्चिम रोयल्सले आगामी कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ।

यो ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा सञ्चालन हुनेछ। ट्यालेन्ट हन्टमा सहभागि हुनका लागि नो कार्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नु पर्नेछ।

सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम प्रदेशका युवा खेलाडीहरूको उल्लेख्य सहभागिता रहने विश्वास लिएको छ।

एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि शनिबारबाट प्रशिक्षण पनि सुरु गरेको छ। दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म आयोजना हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]