सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो आफ्नो अफिसियल एन्थम

6 Nov, 2025

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि  सुदूरपश्चिम रोयल्सले आफ्नो अफिसियल एन्थम सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमको स्थानीय भाषा समेटेर तयार पारिएको उक्त एन्थममा ‘खेल्ल पड्यो, लड्ड पड्यो, जित्त पड्यो’ भन्ने लय राखिएको छ।

डीएनएक्सले स्वर दिएको यस गीतको शब्द र संगीत दिनेश नेपालीले तयार पारेका हुन्। यसको उत्पादन र रेकर्डिङ कपास स्टुडियोमा गरिएको हो।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकार खड्काले यस एन्थमले सुदूरपश्चिमका समर्थकहरूलाई टिमसँग अपनत्वको महसुस गराउने र मैदानमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘यो एन्थमले सुदूरपश्चिमका समर्थकलाई अपनत्वको महसुस गराउनेछ र मैदानमा झनै ऊर्जा निकाल्नेछ।’

सुदूरपश्चिमले यसअघि नै अस्ट्रेलियौ क्रिस लिन, अस्ट्रेलियाकै जोश ब्राउन, न्युजिल्यान्डका फास्ट बलर स्कट कुगुलेइन अमेरिका हर्मीत सिंहलाई रिटेन गरेको छ।

सुदूरपश्चिममा नेपाली खेलाडीका रुपमा दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]