हर्मित सिंहको अलराउन्ड प्रदर्शन, काठमाडौंमाथि सदूरपश्चिमको २९ रनको रोमाञ्चक जित

19 Nov, 2025

पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुआत भएको छ। बुधबार साँझ भएको लो स्कोरिङ थ्रिलर म्याचमा सुदूरपश्चिमले काठमाडौं गोर्खाजमाथि २९रनको रोमाञ्चक जित निकाल्यो।

सुदुरपश्चिमलाई रोमाञ्चक जित दिलाउन अमेरिकी खेलाडी हर्मित सिंहले अलराउन्डर प्रदर्शन गरे। उनले अर्धशतक बनाउनुका साथै २ विकेट पनि लिए।

सुदूरपश्चिमले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याउको काठमाडौं १६.५ ओभरमा ११८ रनमै अलआउट भयो। उसले पछिल्ला ६ विकेट ३० रन बनाउँदा गुमाएको थियो। उसका लागि आकाश त्रिपाठीले सार्वधिक ३४ रन बनाउँदा जोन सिम्पसनले २४ रन बनाउँदा अन्यले गतिलो योगदान दिन सकेनन्।

काठमाडौंको इनिङ धरासायी बनाउने क्रममा सुदूरपश्चिमका स्कट कुगुलेइन, हर्मित सिंह र हेमन्त धामीले समान २ विकेट लिँदा इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७२–६को खराब अवस्थाबाट अन्तिम बलमा अलआउट हुँदै १४७ रन बनाएको थियो। जसमा हर्मित सिंहले विस्फोटक ब्याटिङ गर्दै अर्धशक बनाए। उनले २० बलमा २ चौका र ६ छक्का मद्दतमा ५३ रन बनाए। उनले करण केसीलाई लागतार तीन छक्का प्रहार गरेका थिए।

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चोका र १ छक्का मद्दतमा ३९ रन बनाउँदा आसिफ सेखले २४ बलमा २५ रन बनाए। उसका दुई अस्ट्रेलियन टपअर्डर ब्याट्सम्यान जोश ब्राउन र क्रिस लिन भने चलेनन्। ब्राउन डकआउट हुँदा लिनले २० बलमा २ रन मात्र बनाए।

बलिङमा काठमाडौंका करण केसीले ४ विकेट लिए। एकै ओभरमा २४ रन खर्चिए पनि उनले ४ ओभरमा ३० रन मात्र खर्चिएका थिए। यस्तै, मिलिन्द कुमार, सन्नी पटेल र रसिद खानले समान २ विकेट लिए।

सुदूरपश्चिमको यो पहिलो खेल थियो भने काठमाडौंको यो दोस्रो खेल हो। उसले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई हराएको थियो।

भोलि पनि एउटा खेल मात्रै हुनेछ। साँझ ४ बजे हुने खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भीड्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]