सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार र्‍याली गर्ने

17 Nov, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्‍याली गर्ने भएको छ।

सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म र्‍यालीको आयोजना गर्ने भएको हो।

र्‍यालीमा सहभागी हुन मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी लगायत टिममा आवद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता हुनेछ।

र्‍यालीको तयारी लगभग पूरा भएको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए। उनले सुदूरपश्चिको पहिचानलाई थप उचाइमा पुगाउन सुदूरपश्चिम रोयल्सले क्रिकेटको साथ लिएको बताउँदै धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमेलीलाई र्यालीमा सहभागी भएर टिमको हौसला बढाउन आग्रह गरे।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्।

मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्।