एनपिएलमा सुदूरपश्चिमको प्रशिक्षक बने टमाटा

3 Oct, 2024
Share:
117 Shares

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगका लागि मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ।

रोयल्सले विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक रहिसकेका टमाटालाई एनपीएलका लागि टिमको प्रशिक्षण जिम्मेवारी दिइएको जनाएको छ।

हाल टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टका रूपमा क्यानडा भ्रमणमा छन्। सुदूरपश्चिमले उनको प्रशिक्षणमा टोलीले उच्च प्रदर्शन गर्ने अपेक्षा राखेको छ।

राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा रहेका छन्।

एनपिएपलको खेलाडी अक्सन असोज २० गते हुँदैछ।