सूर्य तामाङले ६ विकेट लिएपछि लुम्बिनी १०६ रनमै अलआउट

27 Jan, 2024

स्पिनर सूर्य तामाङ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा पुनः एक पटक उत्कृष्ट प्रदर्शन गरेका छन्।

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा सूर्यले ६ विकेट लिएपछि लुम्बिनी प्रदेश १०६ रनमै अलआउट भयो।

बागमतीले टस हारेर जितेर फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको लुम्बिनीले ३२.२ ओभरमा १०६मा अलआउट भयो।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीको इनिङ धरासायी बनाउने क्रममा बागमतीका सूर्य तामाङले ६ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित २६ रन मात्र खर्चिए। जारी प्रतियोगितामा ९ खेलमा ३० विकेट लिएका छन्। खेलमा विपिन आचार्यले २ विकेट लिए।