वर्तमान समयका टि–२० क्रिकेटका सबैभन्दा उत्कष्ट ब्याट्सम्यान सूर्यकुमार यादव आईपिएलमा फर्कन तयार भएका छन्।
चोटका कारण लामो समय मैदान बाहिर रहेका उनी चोटमुक्त हुँदै मुम्बईको टिममा फर्कन तयार भएका हुन्। उनी दक्षिण अफ्रिका विरुद्धको टि–२० सिरिजको तेस्रो खेलमा फिल्डिङका क्रममा घाइते भएका थिए।
चोटमुक्त भएपनि फिटनेशका कारण सूर्यकुमारले सुरआती तीन खेल गुमाएका थिए। नेशनल क्रिकेट एकेडेमीले खेल्न अनुमति दिएसँगै उनी भोलिबाटै मुम्बईको टिममो जोडिने बताइएको छ।
अप्रिल ७ मा हुने दिल्लीविरुद्ध हुने खेलमा सूर्यकुमारलाई मुम्बईको प्लेइङ सेटमा सकिने अपेक्षा गरिएको छ। यदि उनी टिममा परे त्यसले मुम्बईलाई थप उर्जा प्रदान गर्ने छ।
आईपिएलमा सूर्यकुमार यादवको प्रर्दशन उत्कृष्ट छ। उलने १३९ खेल खेल्दै १४३.३२को स्ट्राइकरेटमा ३२४९ रन बनाएका छन्। अघिल्लो सिजन उनले मुम्बईका लािग ४३.२१को औसतमा ६०५ रन बनाएका थिए।