मुलपानी क्रिकेट मैदानमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टि–२० च्याम्पियनसिपको उपाधिका लागि लुम्बिनी र कर्णाली प्रदेश भीड्न भएका छन्।
शुक्रबार भएको लिगको अन्तिम खेलमा बागमती प्रदेश सूदुरपश्चिम प्रदेशसँग फराकिलो अन्तरले पराजित भएपछि लुम्बिनी र कर्णालीको उपाधि भीडन्त पक्का भएको हो।
लिग चरणमा लुम्बिनी, कर्णाली, बागमती र मधेश चारै टिमको समान ८ अंक थियो। तर, लुम्बिनी र कर्णाली रनरेटमा माथि रहँदै फाइनल पुग्दा बागमती र मधेश भने रनरेटमा पछि पर्दै फाइनल पुग्न असफल रहे।
आज भएको खेलमा बागमती सुदूरपश्चिमसँग ७० रनमै अलआउट भयो। झिनो लक्ष्य सुदूरपश्चिमले १०.२ ओभरमै भेट्दै बागमतीलाई फाइलन पुग्नबाट रोक्यो। झिनो हारले बागमती फाइलन पुग्न सक्थ्यो।
बिहीबार कोशी विरुद्धको फराकिलो जितले रनरेटमा माथि रहँदै कर्णालीलाई फाइनल पु¥यायो। कोशीले दिएको ९३ रनको लक्ष्य कर्णालीले ६.३ ओभरमै भेट्टाएको थियो।
तालिकामा ६ अंकसहित सुदूरपश्चिम पाँचौं, ४ अंकसहित गण्डकी छैठौं र अंकबिहीन बनेको कोशी पुछारमा रहे।
लुम्बिनी र कर्णालीबीचको उपाधि भीडन्त आइतबार मुलपानी मैदानमा हुनेछ।