टि २० सिरिज : थाइल्यान्डविरुद्ध ब्याटिङमा नेपाल

1 Feb, 2025

त्रिकोणात्मक महिला टि २० सिरिजको दोस्रो खेलमा नेपालले आज दोस्रो खेलमा थाइल्यान्डको सामाना गर्दैैछ। खेल केही बेरपछि कीर्तिपुरस्थित टियू मैदनमा सुरु हुने खेलमा नेपालले थाल्यान्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन्।

नेपालले टिममा एक परिवर्तन गरेको छ। मिडियम पेस बलर ईश्वरी विष्टको स्थानमा ब्याटर ममता चौधरी टिममा छिन्।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो।