टि-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने, नेपाललाई घरमै खेलेर विश्वकपमा पुग्ने मौका

31 Jul, 2025

नेपालले सन् २०२६ को टि–२० महिला विश्वपकको ग्लोबल छनोट आयोनजा गर्ने जिम्मा पाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले बिहीबार नेपाललाई टि–२० महिला विश्वपकको ग्लोबल छनोटको आयोजना गर्ने जिम्मा दिएको हो। यो नेपालले आयोजना गर्न लागेको आईसिसीको सबैभन्दा ठूलो प्रतियोगिता हो।

ग्लोबल छनोट आगामी जनवरी १२ देखि फेब्रअरी २ सम्म हुने छ। जसमा १० टिम सहभागी हुनेछन्। शीर्ष चार टिमले इंग्ल्याण्ड र वेल्समा हुने टि–२० विश्वकप खेल्ने छन्।

आईसिसीको यो निर्णयसँगै नेपालले घरेलु मैदानमा खेलेर टि–२० विश्वकपमा पुग्ने मौका पाएको छ। नेपाल एसिया छनोट पार गदैै पहिलो पटक टि–२० विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छ। एसियाबाट नेपालसँगै थाइल्यान्ले पनि ग्लोबल छनोट स्थान बनाएको छ।

यस्तै, गत संस्करणको टि–२० विश्वकप खेलेका बंगलादेश र आयरल्याण्ड स्वतः ग्लोबल छनोटमा स्थान बनाउँदा अमेरिका क्षेत्रबाट अमेरिकाले पनि स्थान बनाइसकेको छ।

अब अफ्रिका र युरोपबाट समान २ टिम तथा इस्ट एसिया प्यासिफिक क्षेत्रबाट एक टिमले पनि ग्लोबल छनोटमा स्थान बनाउने छन्।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहबाट तीन टिम सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्सका शीर्ष चार टिम विश्वकपमा पुग्ने छन् भने शीर्ष दुइए टिमबीच उपाधिका लागि भीडन्त हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]