टि–२० महिला विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ।
आजबाट काठमाडौंमा सुरु भएकोा प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल थाइल्यान्डसँग सहजै ८ विकेटले पराजित भयो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। उसका लािग नथाकन चन्थमले अविजित ५७ रन बनाइन् भने नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन्।
नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गरिन्। यस्तै, सम्झना खड्काले ११ बलमा २६ रन बनाउँदा रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्।
नेपालको इनिङ धरासायी बनाउने क्रममा थाइल्यान्डका थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् भने ओनिचा काम्चोम्फुले २ विकेट लिइन्।
नेपालले अब बिहीबार नेदरल्यान्ड्ससँग टियू मैदानमै दोस्रो खेल खेल्ने छ।
