दबाबपूर्ण खेलमा अनुभवी डेविड मिलरले उत्कृष्ट ब्याटिङ गरेपछि टि–२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ।
१०४ रनको सामान्य लक्ष्य पछ्याउँदा १२–४को अवस्थाबाट मिलरले अर्धशतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो। मिलरले ५१ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए।
यस्तै, ट्रिस्टन स्टब्सले ३७ बलमा समान १ चौका र छक्का प्रहार गर्दै ३३ रन बनाए। मिलर र स्टब्सले १२–४को अवस्थाबाट ७२ बलमा ६५ रनको महत्वपूर्ण साझेदारी गरे। यी दुईबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
१० ओभरमा ३२ रन मात्र बनाएको दक्षिण अफ्रिकाले एउटा पनि बाउन्ड्री लगाउन सकेन। दक्षिण अफ्रिकाले विश्वकपमा पावरप्लेमा ४ विकेट गुमाएको यो सन् २००७ पछि पहिलो पटक हो।
बलिङमा नेदलरल्यानड्सका भिभियन किंग्माले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, लोगन भान विकले पनि २ विकेट लिए।
त्यसअघि नासा काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो। साइब्राण्ड एंगलब्रेक्सले ४५ बलमा २ चौका र १ छक्कासहित ४० र लोगन भान बिकले २३ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर ओट्निल ब्राटम्यानले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए।
यो जितसँगै दक्षिण अफ्रिकाको सुपर ८ पुग्ने सम्भावना बलियो बनेको छ। उसले दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो। यता, नेदरल्यान्डसको यो पहिलो हार हो। उसले पहिलो खेल खेलमा नेपाललाई हराएको थियो।