अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपका लागि अस्ट्रेलिया टिम घोषणा गरेको छ। क्रिकेट अस्ट्रेलियाले मिचेन मार्सको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।
अस्ट्रेलियाले विश्वकपका लागि पुराना र अनुभवी खेलाडीलाई महत्व दिएको छ। तर, अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथले भने टिममा स्थान बनाउन सकेनन्।
यस्तै, अहिले चर्चामा रहेका विग हिटर युवा ब्याट्सम्यान ज्याक फ्रेसर म्यागुर्क पनि टिममा अटाउन सकेनन्। अहिले आईपिएमा विस्फोटक ब्याटिङ गरिरहेका म्यागुर्कमा विश्वकपको टिममा पर्ने धेरैको अपेक्षा थियो।
टिममा डेभिड वार्नर, टिम डेभिड, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, प्याट कमिन्स, मिचेल स्टार्क, म्याथ्यु वेड, एडम जाम्पाजस्ता अनुभवी खेलाडी छन्।
२ जुनदेखि सुरु हुने विश्वकपमा समूह ‘बी’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया, ओमान र स्कटल्यान्ड छन् । सन् २०२१ को टी–२० विश्वकप विजेता टोली अष्ट्रेलिया यस संस्करणको पनि उपाधि दाबेदार टोली हो ।
अष्ट्रेलियज टिम मिचेल मार्स (कप्तान), एस्टन अगर, प्याट कमिन्स, टिम डेविड, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।