सुपर ओभरमा ओमानमाथि नामेबियाको रोमाञ्चक जित विजयी

3 Jun, 2024

जरी टी–२० विश्वकपको पहिलो सुपर ओभरमा नामिबिया विजयी भएको छ। बिग्रेडटानमा भएको खेलमा नामिबियाले सुपरओभरमा ओमानमाथि ११ रनको जित निकाल्यो। टि–२० विश्वकपमा १२ वर्षपछि सुपर ओभर भएको हो।

पहिला ब्याटिङ गर्दै ओमानले १९.४ ओभरमा अलआउट हुँदै १०९ रन बनाएको थियो। ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ वकेटको क्षतिमा १०९ मात्र बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै नामिबियाले ३ चौका र १ छक्का मद्दतमा २१ रन बनाएको थियो। तर, ओमानले १० रन मात्र बनाउन सक्यो।

त्यसअघि अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्र चाहिएको थियो। तर, ओमानका बलर मेहरान खानले ४ रन मात्र दिँदै २ विकेट लिँदै खेललायई सुप ओभरमा लगेका थिए।

नामिबियाका लागि जान फ्यांकलिनले ४८ बलमा सर्वाधिक ४५ रन बनाए भने निकोलस डाविनले ३१ बलमा २४, कप्तान जेरार्ड इरास्मसले १६ बलमा १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा ओमानका मेहरान खानले ३ ओभरमा ७ रन मात्र खर्चेर ३ विकेट लिए भने विलाल खान, अकिब इलियास र आयन खानले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको ओमानका लागि खालिद काइलले ३९ बलमा सर्वाधिक ३५ रन बनाए। इस्तै, जिसन मक्सुदले २० बलमा २२, आयन खानले २१ बलमा १५ र सकिल अहमदले ९ बलमा ११ रनको योगदान दिए।

बलिङमा नामिबियाका रुबने त्रुम्पेलमनले ४ विकेट लिए भने डेविन विसाले ३ र इरास्मसले २ विकेट लिए।