अर्शदीप सिंहले बलिङमा र सूर्यकुमार यादवले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि भारत टि–२० विश्वकपको सुपर ८मा प्रवेश गरेको छ।
यो अमेरिकाको पहिलो हो। भारतसँग पराजयपछि पनि उसको सुपर ८ सम्भावना कायमै छ। अब अन्तिम खेलमा आयरल्यान्डलाई हराए ऊ सुपर ८ पुग्ने छ ।
अर्शदीप र सूर्यकुमारले उत्कृष्ट प्रदर्शन गरेपछि भारत अमेरिकालाई ७ विकेटले हराउँदै सुपर ८मा प्रवेश गरेको हो। समूह एमा भारतले लागातार तेस्रो जित निकालेको हो। यसअघि उसले आयरल्यान्ड र अमेरिकालाई हराएको थियो।
अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। सामान्य लक्ष्य पछ्याउँदा भारतको सुरुआत राम्रो हुन सकेन। उसले ३ ओभरभित्रै आफ्ना दुई महत्वपूर्ण ब्याट्सम्यान विराट कोहली (०) र कप्तान रोहित शर्मा (३)लाई गुमायो।
दुवै विकेट सौरभ नेत्रवाल्करले लिएका थिए। उनी तीनै खेलाडी हुन्, जसले भारतका लागि यू–१९ विश्वकप खेलेका थिए।
त्यसपछि सूर्यकुमार यादवले तेस्रो र चौथो विकेटका लागि ऋषव पन्त र शिभव दुवैसँग महत्वपूर्ण साझेदारी गरे। सूर्या र ऋषवबीच ३३ रनको साझेदारी भएको थियो। ऋषव १८ रन बनाएर आउट भए।
त्यसअघि सूर्याले दुवेसँग चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। सूर्याले ४९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाए भने दुवेले ३५ बलमा ३१ रन बनाए।
त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा ११० रन बनायो। उसका लागि नितिश कुमारले २३ बलमा २ चौका र १ छक्का मद्दतमा सर्वाधिक २७ रन बनाउँदा स्टेभन टेलरले २९ बलमा २४ रन बनाए।
यस्तै, कोरी एन्डरसनले १२ बलमा १५ रन बनाए भने आरोन जोन्स र स्याड्ली भान चाल्कविकले समान ११ रनको योगदान दिए।
अमेरिकाको इनिङ धरासायी बनाउने क्रममा भारतका अर्शदीप सिंहले ४ ओभरमा ९ रन मात्र खर्चेर ४ विकेट लिए। यो उनको टि–२० क्रिकेटकै उत्कृष्ट बलिङ फिगर हो। यस्तै, हार्दिक पाण्ड्याले २ तथा अध्यक्ष पटेलले १ विकेट लिए।