लगातार तेस्रो जितसँगै अफगानिस्तान सुपर ८मा पुग्दा न्युजिल्यान्ड २ खेल अगावै बाहिरियो

14 Jun, 2024

जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको अफगानिस्तान लागतार तेस्रो जित निकाल्दै सुपर ८मा प्रवेश गरेको छ। प्रतियोगितामा लागतार तेस्रो जित निकाल्दै क्रममा अफगानिस्तानले शुक्रबार बिहान पपुवा न्युगिनीलाई ७ विकेटले हरायो।

अफगानिस्तान सुपर ८मा पुग्दा उपाधि दाबेदार मानिएको न्युजिल्यान्ड २ खेल खेल्न बाँकी छँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समूह सीबाट ४ खेलमा लागतार ३ जित निकालेका वेस्टइन्डिज र अफगानिस्तान सुपर ८मा पुगेका छन्।

न्युजिल्यान्डले सुरुआती दुवै खेल हारेको थियो। अफगानिस्तान र वेस्टइन्डिजसँग पराजित भएको थियो। अब उसले केन्या र पिएनजीसँग खेल्न बाँकी छ।

९६ रनको लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा ३ विकेटको क्षतिम भेट्टायो । उसका लागि गुल्बाद्दिन नइब ३६ बलमा नटआउट ४९ रन बनाउँदा मोहम्मद नाबीले १६ रन बनाए।

पिएनजीका एली नाओ, सेमो कामेइ, र नर्मन भानुअले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पिएनजी १९.५ ओभरमा ९५ रनमै अलआउट भयो। उसका लागि ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाए। किप्लिन डोरिगाले सर्वाधिक २७ रन बनाउँदा नाओले १३ र टोनी उराले ११ रन बनाए।

पिएनजीको इनिङ धरासायी बनाउने क्रममा फजलहक फारुकीले ३ तथा नविन उलहकले २ विकेट लिए। फारुकीले जारी फारुकी जारी प्रतियोगितामा ३ खेलमा १२ विकेट लिएका छन्।