अमेरिकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

24 Jun, 2024

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड जारी टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम बनेको हो।

सुपर ८को पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजत भएको इंग्ल्यान्डले त्यसपछि उसले लागतार दुई जित निकाल्यो। अघिल्लो खेलमा वेस्टइन्डिजलाई हराएको थियो।

अमेरिकाले दिएको ११६ रनको सामान्य लक्ष्य इंग्ल्लान्डले विनाक्षति ९.४ ओभरमा भेट्टायो। उसका लािग कप्तान जोश बट्लरले विस्फोटक ब्याटिङ गरे। उनले ३८ बलमा ६ चौका र ७ छक्का मद्दतमा ८३ रन बनाए। यस्तै, फिल सल्टले २१ बलमा २४ रन बनाए।

त्यसअघि पहिला ब्याटिङ गरेको अमेकिकाले १८.५ ओभरमा ११५ रनमै अलआउट भयो। उसका लािग नितिश कुमारले २४ बलमा सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक लिए। उनले २.५ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए। उनले चारै विकेट १९औं ओभरमा लिएरका लिए। उनले १९औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा विकेट लिँदै जारी विश्वकपको तेस्रो ह्याट्रिक आफ्नो नाममा लेखाए। यअसघि सुपर ८कै लगातार दुर्इृ खेलमा अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक लिएका थिए।

उनी बाहेक सामक करण र अदिल रसिदले समान २ विकेट लिए।