अस्ट्रेलियालाई भारत सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

25 Jun, 2024

भारत जारी टि–२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा सुपर ८को अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

यो हारसँगै अस्ट्रेलियाले भने प्रतियोगिताबाट बाहिरिएको छ। सुपर ८को अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएपछि अस्ट्रेलिया बाहिरिएको हो।

भारतले दिएको २०६ रनको ठूलो लक्ष्य पछ्याएको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा १८१ रन मात्र बनाउन सक्यो। उसका लागि त्रविस हेडले ४३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाए भने मिचेल मार्सले ३७, ग्लेन म्याक्सवेलले २० रन बनाए।

बलिङमा भारतका अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिँदा जस्प्रित बुमराह र अक्षर पटेलले समान १ विकेट लिए।

त्यसअघि रोहित शर्माको विस्फोट ब्याटिङ मद्दतमा भारतले ५ विकेटको क्षतिमा २०५ रन बनायो। कप्तान रोहितले ४१ बलमा ७ चौका र ८ छक्का मद्दतमा ९२ रन बनाए। उनी बाहेक सूर्यकुमार यादवले १६ बलमा ३१ रन बनाउँदा शिभव दुवेले २२ बलमा २८ र हार्दिक पाण्ड्याले १७ बलमा २७ रन बनाए।

बलिङमा अस्ट्रेलियाका मिचल स्टार्क र मार्कस स्टोइनिसले समान २ विकेट लिए।

अब भारतले फाइनल प्रवेशका लागि इंग्ल्यान्डको समाना गर्ने छ।