इटाली पहिलो पटक टि-२० विश्वकपमा, जर्सीसँग हारेपछि स्कटल्यान्ड बाहिरियो

12 Jul, 2025

इटाली पहिलो पटक आईसिसी टि–२० विश्वकपमा पुगेको छ। यरोपियन छनोटमा दोस्रो स्थानमा रहँदै इटालीले पहिलो पटक विश्वकपमा क्रिकेटमा स्थान बनाएको हो।

अन्तिम खेलमा इटाली छनोटको आयोजक स्कटल्यान्डसँग ९ विकेटले पराजित भएपनि ऊ तालिको दोस्रो स्थानमा रह्यो। ५ खेलमा २ जित निकालेको ऊ ५ अंकसहित दोस्रो स्थानमा रह्यो।

केही समयअघिबाट मात्र क्रिकेट खेल्न थालेको इटालीको यो ठूलो सफलता हो। उसको टिममा अस्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीको बाहुल्यता छ। उनीहरुसँग दुवै देशका घरेलु क्रिकेट खेलेको राम्रो अनुभव छ । त्यसैको फाइदा उसलाई भयो।

यता, इटालीलाई हराएको नेदरल्यान्ड्स पनि शीर्ष स्थानमा रहँदै विश्वकपमा पुग्यो।

यता, एसोसिएट्सको अर्को बलियो टिम स्कटल्यान्ड भने विश्वकपमा पुग्न असफल भयो। अन्तिम खेलमा ऊ जर्सीसँग १ विकेटले पारजित भएपछि ऊ विश्वकपमा पुग्न असफल भएको हो। इटालीसँग पनि पराजित भएको स्कटल्यान्डले १ खेल मात्र जितेको थियो।

यता, जर्सी भने इटालीसँग रनरेटमा पछि परेपछि विश्वकपमा पुग्न सकेन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]