जापानविरुद्धको जितसँगै नेपालकाे सानदार जित, नेपालले सुपरसिक्समा जोड्यो २ अंक

10 Oct, 2025

आईसिसी टि-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले समूका दुवै खेल जितेको छ। शुक्रबार साँझ भएको खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकाल्यो।

यो जितसँगै नेपाल सुपर सिक्समा समूह विजेताका रुपमा पुगेको छ। र, नेपालले सुपर सिक्समा २ अंक पनि जोडेको छ। अब नेपालले सुपर सिक्समा अन्य दुई समूहका ४ टिमसँग मात्र खेल्नेछ।

यता, नेपालसँग पराजित भएपछि जापान पनि समूहको उपविजेताका रुपमा सुपर सिक्समा पुगेको छ।

१३२ रनको सामान्य लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले २१ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

गुल्शन झाले २८, कुशल भुर्तेलले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाए । दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे। बलिङमा जापानका शोमा स्लेटरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो। उसका जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, इस्मान रहमानले २५ बलमा ३१ रन बनाउँदा बेन्जामिन इटो डेविडले १७ रन बनाउनुबहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए ।‍ सोमपाल कामी र नन्दन यादवले समान १ विकेट लिए ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]