टी–२० विश्वकपमा नेपालले आज दोस्रो खेलमा इटालीसँग खेल्दै

12 Feb, 2026

आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ।

नेपालका लागि यसअघिपनि वानखेडेमा खेलिसकेको अनुभव रहेको छ भने इटाली कोलकाताबाट मुम्बई आइपुगेको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन् । कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन्। डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ।

इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ। नियमित कप्तान वेन म्याडसन चोटका कारण उपलब्ध छैनन् । जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]