टि–२० विश्वकपमा वेस्टइन्डिजको विजयी सुरुवात, पीएनजी ५ विकेटले पराजित

3 Jun, 2024

टि–२० विश्वकप क्रिकेटमा सहआयोजक वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ।

समूह ‘सी’मा रहेको वेस्टइन्डिजले पपुवा न्युगिनी (पीएनजी)लाई ५ विकेटले पराजित गरेको हो।
१३७ रन बनाएको लक्ष्य वेस्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। अन्तिम तीन ओभरमा जितक लागि ३१ रन चाहिएको अवस्थामा १८औं ओभरमा रोस्ट चेसले १८ रन प्रहार गर्दै वेस्टइन्डिजलाई जित तर्फ लगेका थिए।

१ सय रन नबनाउँदै ५ विकेट गुमाएपछि दबाबमा आएको वेस्टइन्डिजमा लागि चेसले २७ बलमा ४२ रनको अविजित इनिङ खेले । उनले ४ चौका र २ छक्का प्रहार गरे। यस्तै, ब्रान्डन किङले २९ बलमा ३४, निकोलन पुरनले २७ बलमा २७, कप्तान रोवमन पावेल र आन्द्रे रसेलले समान १५ रन बनाए।

बलिङमा पपुवा न्युगिनीका असद भालाले २ तथा जोन कारिको, चाद सुपर र एली नाओले समान १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको सुरुवात खराब रह्यो। उसले पावर प्लेमै आफ्ना महत्वपूर्ण ३ विकेट गुमाएको थियो।
तर त्यसपछि सेसे बाउले अर्धशतक बनाएपछि उसले सम्मानजनक स्कोर बनायो। बउले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। इस्तै, किप्लिन डोरिगोले १८ बलमा २७ र कप्तान भालाले २२ बलमा २१ रनको योगदान दिए।

बलिङ वेस्टइन्डिजका अल्जारी जोसेप र आन्द्रे रसेलले समान २ विकेट लिए।