नेपालले टि-२० विश्वकपको तयारी श्रीलंका र भारतमा गर्ने

13 Jan, 2026

काठमाडौं, पुस २९ : नेपाली क्रिकेट टिमले आसन्न टि–२० विश्वकपको तयारी विश्वकपका दुई आयोजक श्रीलंका र भारतमा गर्ने भएको छ।

अहिले रुपन्देहीमा अभ्यास गरिरहेको नेपाली टिमको विश्वकप तयारी श्रीलंकाबाट सुरु हुनेछ। पहिलो चरणको क्याम्पमा नेपाली टिमले करिब १ साता श्रीलंकामा बिताउने छ।

त्यहाँ नेपालले श्रीलंका एसँग ३ खेलको टि–२० सिरिज खेल्ने छ। यी खेल जनवरी २०, २२ र २४ मा हुनेछन्। त्यसबीचमा त्यहाँ नेपाली टिमले अभ्यास गर्ने छ।

श्रीलंकामा पहिलो चरणका क्याम्प सकेर नेपाली टिम भारत आउनेछ। त्यहाँ नेपालले मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ २ अभ्यास खेल खेल्नेछ। खेल २९ ३१ जनवरीमा हुनेछ। पहिलो खेल डे–नाइट हुनेछ।

फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने विश्वकपमा नेपालले मुम्बईको वानखेडे मैदानमा फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]