महिला विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा, पुजा बनिन् उपकप्तान

25 Apr, 2025

महिला टी २० विश्वकप एसिया छनोटका नेपाली टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। युवा अलराउण्डर पुजा महतोलाई पहिलो पटक उपकप्तानको जिम्मेवारी दिइएको छ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो।

टोलीको अन्य सदस्यहरुमा बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा छन्।

दोस्रो चरणको प्रशिक्षणमा रहेका काजल श्रेष्ठ, सोमु विष्ट, यशोदा विष्ट, सीता रानामगर, सिमाना केसी र रचना चौधरी भने अन्तिम टिममा पर्न सकेनन्।

पछिल्लो पटक नेपालले युगाण्डा भ्रमण गर्दाको टिमबाट अहिले टिममा पाँच परिवर्तन भएको छ। चोटका कारण युगान्डा टुर गुमाएकी कविता कुँवरसहित ४ खेलाडीले टोलीमा पुनरागमन गरेका छन्।

यस्तै रुबी पोद्दार, मनिषा उपाध्याय र सबनम राई टोलीमा पुनरागमन गरेका हुन्। युगाण्डा टुरमा गएका सना प्रवीन, ममता चौधरी, एलिशा यादव र रचना चौधरी बाहिरिएका छन्।

छनोट खेल आगामी मेमा थाइल्यान्डमा आयोजना हुने छ। छनोटमा नेपालसहित ९ टिम सहभागी छन्। शीर्ष दुई टोली ग्लोबल छनोट खेल्ने छन्।