क्यानडामा जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १०१ रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए।
यसअघि नेपालले सात विकेटको क्षतिमा १५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो।
नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए। ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए।
नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।
ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ। सिरिजकै अन्तिम खेलमा आज ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाई सिरिज जित्न यो खेलमा ओमान विजयी हुनुपर्ने छ। यस्तो भए सबै टिममो समान ४ अंक हुनेछ, र रनरेटका आधारमा नेपाल च्याम्पियन बन्ने छ।