जारी बोर्डर–गावस्कर टेस्ट सिरिजको बाँकी २ खेलका लागि भारतले मुम्बईका स्पिनर अलराउन्डर तनुष कोटियनलाई टिममा समावेश गरेको छ।
बोर्डर–गावस्कर टेस्ट सिरिज जारी रहेकै अवस्थामा रविचन्द्रन आविश्वनले अर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि भारतीय टिमलाई मुम्बईका इनफर्म अलराउन्डरलाई तनुषलाई टिममा बोलाएका हो।
मुम्बईबाट विजय हजारे ट्रफी खेलिरहेका २६ वर्षीय तनुष आजै अस्ट्रेलिया पुग्ने छन्। सिरिजको चौथो टेस्ट मेलबर्नमा डिसेम्बर २६ बाट सुरु हुँदैछ।
अफस्पिनर तनुष अहिले उत्कृष्ट लयमा छन्। उनले पछिल्ला २ वर्ष घरेलु क्रिकटमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
२०२३–२०२४मा मुम्बईलाई रणाजी ट्रफी दिलाउने क्रममा उनी प्लेअफ अफ दी सिरिज भएका थिए। उनका प्रतियोगिताका गब्जबको रहेको थियो। उनले ४१.८३को औसतमा ५०२ रन बनाउनुका साथै २९ विकेट लिएका थिए। उनी ५ सय बढी रन र २५ बढी विकेट लिने एक्ला खेलाडी हुन्।
बोर्डर–गावस्कर सिरिजअघि अस्ट्रेलिया भ्रमणमा रहेको भारत एको टिममा पनि तनुष थिए। त्यहाँ उनले तीन खेलमा १२ विकेट र ३० रन बनाएका थिए।
भारतीय टिमका कप्तान रोहित शर्माले तनुषले केहीसमय अघि मात्र अस्ट्रेलियामा खेलेको बताउँदै उनी अहिलेको समयमा भारतका लागि उपयुक्त विकल्प भएको बताएका छन्।
‘यो समयमा तनुश हाम्रो लागि सही विकल्प थिए। उनले घरेलु स्तरमा आफ्नो क्षमता देखाइसकेका छन्,’ रोहितले भनेका छन्। उनी सम्भवतः मुम्बईले गत वर्ष रणजी ट्रफी जित्नुको एक कारण हुन्। उनले अलराउन्डरको रूपमा ठूलो भूमिका खेले, त्यसैले उनी हाम्रो लागि एकदम राम्रो विकल्प हुन्।