टिम डेविडले कीर्तिमानी शतक प्रहार गरेपछि वेस्टइन्डिजविरुद्ध टि–२० सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया ६ विकेटको सानदार जित निकालेको छ।
यो जितसँगै अस्ट्रेलियाले ५ खेलको सिरिज २ खेल बाँकी छँदै जितेको छ। यसअघिका दुई खेलमा अस्ट्रेलियाले ३ र ८ विकेटको जित निकालेको छ।
२१५ रनको विशाल लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। ८७–४को दावपूर्ण अवस्थाबाट डेविडले विस्फोटक पारी खेल्दै अस्ट्रेलियालाई जित दिलाए। उने ३७ बलमा ६ चौका र ११ छक्का प्रहार गर्दै नटआउट १०२ रन बनाए।
योसँगै उनी टि–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाका लागि सर्वाधिक छिटो शतक बनाउने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान जोस इंग्लिसको नाममा थियो। उनले गतवर्ष स्टकल्यान्डविरुद्ध ४३ बलमा शतक बनाएका थिए। यस्तै उनले यो खेलमा १६ बलमा अर्धशत बनाएका थिए। यो पनि अस्ट्रेलियन क्रिकेटरको फास्टेस अर्धशतक हो
डेविड बाहेक मिचेल ओवेनलेले १६ बलमा २ चौका र ३ छक्का मद्दतमा नटआउट ३६ रन बनाए। यस्तै, कप्तान मिचेल मार्सले २२ र ओपनिङमा आएका ग्लेन म्याक्सवेलले २० रन बनाए।
बलिङमा वेस्टइन्डिजका रोमारियो सेफर्डले २ तथा जासन होल्डरले १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले कप्तान शाइ होपको शतक मद्दतमा ४ विकेटको क्षतिमा २१४ रन बनायो। होप र ब्रान्डन किङले शतकीय साझेदारी गर्दै उसलाई उत्कृष्ट सुरुआत दिलाए ।
होपले ५७ बलमा ८ चोका र ६ छक्का मद्दतमा नटआउट १०२ रन बनाउँदा किङले ३६ बलमा ३ चोका र ६ छक्का मद्दतमा ६२ रन बनाए।
बलिङमा अस्ट्रेलियाका नाथन इलियस, एडम जम्पा र मिचेल ओवेनले समान १ विकेट लिए।
