नेपाल प्रियिमर लिगको दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले इटालियन फास्ट बलर थोमस ड्राकालाई अनुबन्धन गरेको छ।
नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी र कप्तान रहेको लुम्बिनीले दोस्रो सिजनका लागि दोस्रो विदेशी खेलाडीका रुपमा थोमसलाई अनबन्धन गरेको हो।
२५ वर्षीय अस्ट्रेलियन मुलका थोमस इटालीको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य हुन्। इटालीलाई अविश्वसनीय रुपमा पहिलो पटक टि–२० विश्वकपमा छनोट गराउन उनको भूमिका महत्वपूर्ण थियो।
टि–२० विश्वकपको युरोप छनोटको ठीकअघि मात्र उनी इटालीको राष्ट्रिय टिममा आएका थिए। उनले इटालीबाट ७ टि–२० आई र २ लिस्ट ए खेल खेलेका छन्।
उनले सिड्नीमा रहेको ब्ल्याक टाउन क्रिकेट क्लबमा उनले क्रिकेट सिकेका थिए। त्यसपछि उनी सात वर्षको उमेरमा उनी साउथ अस्ट्रेलिया गएका थिए। त्यही उनले आफूलाई क्रिकेटमा अभ्यस्त बनाएका थिए।
सन् २०२१मा थोमस युके बसाई सरेका थिए। त्यहाँ उनले पढाईसँगै क्रिकेटलाई पनि अघि बढाएका थिए। टि–२० विश्वकपको युरोपको सब रिजनल छनोटको अघि उनले इटालीको राष्ट्रिय टिमबाट खेल्ने निर्णय गरेका थिए। आमा इटालीमै नन्मिएकाले उनलाई त्यहाँको राष्ट्रिय टिमबाट खेल्न कुनै बाधा थिएन।
थोमससँग फ्रेन्चाइज लिग खेलेको अनुभवन पनि छ। आईपिएलको अक्सनसमा समेत रहेका उनले एमआई इमिरेट्सबाट आईएल टि–२०को पछिल्ला २ संस्करण खेलेका छन् भने उनले ग्लोबल टि–२० लिग क्यानडा पनि खेलेका छन्।
थोमसको आगमनले फास्ट बलिङ बजबुद हुने विश्वास लुम्बिनीले लिएको छ। उसले पहिलो विदेशी खेलाडीका रुपमा अनुभवी अस्ट्रेलियन ओपनर डार्सी सर्टलाई भित्र्याएको थियो।
