एनपिएलका लागि लुम्बिनीले भित्र्यायो विकेटकिपर टम मोरेस

23 Oct, 2024
Share:
117 Shares

रोहितकुमार पौडेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम लुम्बिनी लायन्सले पहिलो विदेशी खेलाडी अनुबन्धन गरेको छ।

उसले पहिलो विदेशी खेलाडीका रुपमा इंग्ल्याण्डका विकेटकिपर ब्याट्सम्यान टम मोरेस अनुबन्ध गरेको हो।

राष्ट्रिय टिममा अहिलेसम्म नपरेका २८ वर्षीय मोरेसले सन् २०१६ मा बंगालदेशमा भएको यू–१९ विश्वकप खेलेका थिए। विभिन्न फ्रेन्चाइज लिग खेलेका उनले १४७ टि–२० खेल खेलेका छन्। जसमा ८ अर्धशतक मद्दतमा २३ सय बढी रन बनाएका छन्।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ। जसमा लुम्बिनीसहित ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।