नेपालले अस्ट्रेलियामा खेल्ने ‘टप इन्ड टि–२०’को तालिका सार्वजनिक, नेपालको पहिलो खेल नर्दन टेरोटोरी स्ट्राइकर्ससँग

8 Jul, 2025

नेपालले अस्ट्रेलियामा खेल्न लागेका टि–२० प्रतियोगिता ‘टप इन्ड टि–२०’को तालिका सर्वाजनिक भएको छ।

अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डर्विनमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक नर्दन टेरोटोरी स्ट्राइकर्ससँग खेल्नेछ। यो खेल अगस्त १५मा हुनेछ।

यस्तै, नेपालले दोस्रो खेल अगस्त १५मा बंगालादेश ए, अगस्त १८ मा विगबास लिग टिम मेलबर्न स्टार्ससँग, अगस्त १९मा होबर्ट हुरेकेन्स र अगस्त २०मा मेलबर्न रेनिगेट्ससँग खेल्ने छ। यस्तै नेपालले लिगको अन्तिम खेल अगस्त २२मा पाकिस्तान साहिन्ससँग खेल्ने छ।

११ टिम सहभागी लिगका शीर्ष चार टिम सेमिफाइनलमा पुग्ने छन। जसमा शीर्ष टिमले चौथोसँग तथा दोस्रो र तेस्रो टिम खेल्ने छन्।

नेपालले यो प्रतियोगितामा आसन्न टि–२० विश्वकपको एसिया छनोटको तयारीका लागि खेल्न लागेको हो। नेपाली टिम पहिलो पटक अस्ट्रेलियामा खेल्न लागेको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]