अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ। डार्विनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे हुने खेलामा नेपालले बंगलादेश एसँग खेल्दै छ।
दुवै टिम पहिलो जितको खोजीमा छन्। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित हुँदा बंगलादेश ए पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो।
तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका छ।
यो सिरिजमा ११ टोलीको सहभागीता रहेको छ। प्रत्येक टिमले ६ खेल खेलेपछि शीर्ष चार टिम सेमिफाइनल पुग्ने छन्।
