यू-१६ इस्ट कपमा नेपालको विजयी सुरुआत, सिंगापुरमाथि ६ विकेटको जित

22 Jun, 2025

मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट कप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ। आइतबारबाट मलेसियामा सुरु भएको प्रतियोगितामा सिंगापुरलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरआत गरेको हो।

सिंगापुरले दिएको १३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका लागि प्रसिद्ध जोशीले अर्धशतक बनाए उनले ९७ बल खेल्दै ५ चौका प्रहार गरे।

यस्तै, रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्का मद्दतमा ४० रज बनाए। बलिङमा सिंगापुरका आकाश तेजाले ३ तथा युवान पाण्डेले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो। उसका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।

बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । यस्तै, सचिन विष्टले ६।१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए भने अभय यादव र शुभम खनाले समान १ विकेट लिए।

नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो। दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]