भारतलाई हराउँदै पाकिस्तान बन्याे यु –१९ एसिया कप च्याम्पियन

22 Dec, 2025

पाकिस्तानले एसिसी यु –१९ एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।

दुबईमा भएको खेलमा किस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो ।

समिरलाई अहमद हुसैनले ७२ बलमा ५६ रनको बनाएर दिए । समिर र अहमदले तेस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी पनि गरेका थिए । जवाफमा भारतले सुरुमा आक्रामक सुरुवात गर्दै पाँचौं ओभरमा ५० रन बनायो। 

तर वैभव सूर्यवंशी १० बलमा २६ रनमा आउट भएपछि भारत दबाबमा पर्यो। पावरप्लेको अन्त्यसम्म भारतले ५ विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]