आइसिसी यू–१९ विश्वकपअघिको वामअप खेलमा नेपालले सानदार जित निकालेको छ।
दक्षिण अफ्रिकामा शनिबार राति भएको खेलमा औपचारिक अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो।
स्कटल्यान्डले दिएको ११५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउँदा ३ विकेट गुमाएको थियो। त्यही अवस्थामा वर्षाले खेल रोकिँदा नेपाल डिएल मेथर्डमा ७ विकेटले विजयी भयो।
नेपालका लागि अर्जुन कुमालले ३३ रन र आकाश त्रिपाठीले २९ रन जोडेका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४४.४ ओभरमा ११४ रनमै अलआउट भयो। उसका लागि यु अहमदले ३१ रन जोडे।
बलिङमा नेपालका गुल्सन झा र तिलकराज भण्डारीले ३–३ विकेट लिन सफल भए।
अब नेपालले मंगलबार वेस्ट इन्डिजसँग दोस्रो औपचारिक वामअप खेल खेल्नेछ। अनौपचारिक अभ्यास खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हराइसकेको छ।
यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह डीमा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
नेपालले विश्वकपमा पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २६ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ।