दिल्ली यू–१९ विरुद्धको सिरिजमा नेपाली युवा टिमको क्लिनस्विप

30 Mar, 2025

आसन्न यू–विश्वकप छनोटको तयारी खेलिएको दिल्ली यू–१९ टिमविरुद्धको सिरिजमा नेपाली यू– १९ टिमले क्लिन स्वीप गरेको छ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदान भएको सिरिजको अन्तिम खेलमा नेपालले दिल्ली यू–१९लाई ५१ रनले हरायो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रनमा अलआउट भयो। उसका रौनक वागेलाले सर्वाधिक १७ रन बनाए । अन्यले गतिलो योगदान दिन सकेनन्।

दिल्लीको इनिङ धरासायी बनाउने क्रममा नेपालका दयानन्द मन्डलले ४ विकेट लिए भने विपिनप्रसाद शर्माले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा १२२ रनमा अलआउट भयो। नेपालका रोशन विश्वकर्मा र युवराज खत्रीले समान १८ रन बनाए। साहिल पटेल र दिल्साद अलीले समान १७ रन बनाए ।

यसअघि भएको दुई खेला नेपाल ५ विकेट र दोस्रो खेलमा १०२ रनले विजयी भएको थियो।