च्याम्पियन्स लिगमा एसी मिलानलाई फेयनूर्डको धक्का, एट्लान्टा पनि बाहिरियो

19 Feb, 2025

दुई इटालियन क्लब एसी मिलान र एट्लान्टा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएका छन्। दुवै क्लब नकआउटको प्लेअफमा पराजित भएका हुन्।

प्लेअफमा एसी मिलानलाई डच क्लब फेयनूर्डले धक्का दियो। एसी मिलान फियनूर्डसँग २–१ले पराजित भयो। मंगलबार भएको दोस्रो लेगमा एसी मिलानलाई उसकै मैदानमा १–१को बराबरीमा रोक्दै फेयनूर्ड अन्तिम १६मा पुगेको हो।

यसअघि अघिल्लो साता भएको पहिलो खेलमा फेयनूर्ड १–०ले विजयी भएको थियो।

मंगलबार राति एसी मिलानले सुरुआतमै अग्रता लियो। उसका सान्टियागो जिमिनेजले पहिलो मिनेटमै गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो। ५१औं मिनेटमा कप्तान थियो हर्नाडेजले रातो कार्ड पाएपछि एसी मिलान दबाबमा आएको थियो।

त्यसको फाइदा फेयनूर्डलाई भयो। उसले ७३औं मिनेटमा बराबरी गोल फर्कायो। उसका जुलियन कारान्जले गोल गरेका थिए। खेलको अन्त्यमा फेयनूर्ड पनि १० खेलाडीमा समेटियो। इन्जुरी समयको सातौं मिनेटमा उसका गिवाइरो रेडले रातो कार्ड पाएका थिए।

यस्तै, अर्को इटानलिय क्लब एट्लान्टालाई बेल्जियन क्लब क्लब ब्रुगले धक्का दियो। दोस्रो लेगमा एन्ट्लान्टालाई उसकै मैदानमा ३–१ले हराएको ब्रुगले समग्रहमा ५–२को जित निकाल्यो। पहिलो लेगमा ब्रुग २–१ले विजयी भएको थियो।

दोस्रो लेगमा ब्रुगका लािग चेम्सडिनले २ गोल गरे भने फेराज जुट्ग्लाले पनि गोल गरे। यता, एट्लान्टाका एडमोला लोकमनले गोल गरे। उनी पेनाल्टीमा भने गोल गर्न चुकेका थिए।