विराट कोहली एकदिवसीय क्रिकेटको नम्बर एक ब्याट्सम्यान बनेका छन्।
भारतका लागि एकदिवसीय क्रिकेट मात्र खेलिरहेका विराट अर्का भारतीय ब्याट्सम्यान रोहित शर्मालाई पछि पर्दा शीर्ष स्थानमा उक्लिएका हुन्। पछिल्लो सयम उत्कृष्ट लयमा रहेका कोहली आईसीसीको नयाँ अपटेड अनुसार शीर्ष स्थानमा उक्लेका हुन्।
३७ वर्षीय कोहलीले ७८५ रेटिङ जोड्दै आफ्नै टिममेट रोहित शर्मालाई पछि पारे। उनी सन् २०२१ पछि ओडिआईको ब्याटरतर्फ पहिलो स्थानमा पुगेका हुन्।
यस्तै कोहलीले भन्दा एक रेटिङ कम रहेका न्युजिल्याण्डका अलराउण्डर डारेल मिचेल वरीयताको दोस्रो स्थानमा उक्लेका छन् भने रोहित शर्मा तेस्रो स्थानमा झरेका छन् ।
कोहलीले पछिल्ला ६ इनिङ्समा २ शतक र तीन अर्धशतक बनाएका छन्।
