टि–२० विश्वकप जितेका केही र अधिकांश राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी सम्मिलित वेस्टइन्डिज ए टिम मंगलबार काठमाडौं आयो। आसन्न टि–२० विश्वकपको तयारीका लागि नेपालको निमन्त्रणमा वेस्टइन्डिजको टिम नेपाल आएको हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छवि बनाइसकेका खेलाडीसहितको टिम नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान जस्तै थियो।
उनीहरुलाई क्यानका म्यानेजर विनोद दास र अन्य २ कर्मचारीले खादा लगाएर स्वातग गरेका थिए। विमानस्थलबाट उनीहरुलाई बसमा राखेर सोल्टी होटल लगियो भने उनीहरुको लगेज पिकअप भ्यानमा लोड गरेर होटल पु¥याइयो।
विमानस्थलमा वेस्टइन्डिजका खेलाडीको लगेज पिकअप भ्यानमा लोड डर्दै गर्दैको भिडियो र तस्बिर अहिलो सामाजिक सञ्जालमा भाइरल बनेको छ। समर्थकहरुले खेलाडीहरुको वेइज्जतीपूर्ण स्वागत गरिएको भन्दै क्यानको आलोचना गरेका छन्।
उनीहरुले यस्तो स्वागतले अन्तर्राष्ट्रियस्तरमा देशको इज्जतमा धब्बा लागेको टिप्पणी गरेका छन्। कतिपयले अन्तर्राष्ट्रिय स्तरका खेलाडीको वेइज्जत भएको भन्दै छानविन गरेर दोषीलाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई मेन्सन गरेका छन्।
वेस्टइन्डिजका खेलाडीको स्वागतको चर्को आलोचना भएपछि क्यानले खेलाडीको स्वागतको कुनै प्रोटोकल नभएको बताएको छ। वेस्टइन्डिजका खेलाडीलाई स्वागत गर्न एयरपोर्ट पुगेका क्यानका म्यानेजार विनोद दासले अन्य देशका खेलाडी आउँदा पनि स्वागतको परम्परा यस्तै भएको बताए ।
नेपाली टिम अन्य देशमा जाँदा यस्तै किसिमको स्वागत हुने बताउँदै उनले खेलाडीले उच्चपदस्थ व्यक्तिले स्वागत गर्ने अपेक्षा पनि नगर्ने उल्लेख गरे।
खेलाडीको लगेज पिकअप भ्यानमा लगिएको विषयमा उनले यो नौलो नभएको बताउँदै खेलाडीले ल्याएका लगेजहरु सबै बसमा नअटाउने भएकाले लगेज भ्यान नै प्रयोग गर्ने गरिएको प्रतिक्रिया दिए।
सादै विनोद दासले वेस्टइन्डिज टीमलाई दिने सुविधा र सम्मानमा कुनै पनि कमि गर्ने बताए।
वेस्टइन्डिज एले कीर्तिपुरस्थित टियू मैदानमा नोपलसँग ५ खेलका टि–२० सिरिज खेल्ने छ। सिरिज वैशाख १५ गतेबाट सुरु हुनेछ।