नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले आईसिसी महिला टि–२० विश्वकपको छनोटको तयार भारतमा गर्ने भएको छ। त्यसका लागि नेपाली टिमले भारतका तीन स्थानीय टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने भएको छ।
नेपाली टिमले आगामी नोभेम्बर १३ देखि १९ सम्म नेपाल, उत्तराखण्ड, बङ्गाल र राजस्थानको महिला क्रिकेट मैत्रीपूर्ण खेल खेल्ने क्यानले जनाउको छ।
क्यानका अनुसार नेपालले १३ नोभेम्बरमा राजस्थान, १४ नोभेम्बरमा उत्तराखण्ड, १५ नोभेम्बरमा बंगालको टिमसँग खेल्ने छ । त्यस्तै १७, १८ र १९ नोभेम्बरमा क्रमशः सोही टिमसँग दोस्रोपटक खेल्नेछ।
खेलहरू भारतको देहरादूनस्थित आयुष क्रिकेट एकेडेमी हुने क्यानले जनाएको छ।
आजै क्यानले भारत भ्रमणका लागि १५ सदस्यीय नेपाली टिम पनि घोषणा गरेको छ। जसमा कप्तान इन्दू बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना छेत्री, अलिसा यादव, ईश्वरी बिस्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी र ममता चौधरी रहेका छन्।
