पाकिस्तानलाई हराउँदै भारतले जित्यो लिजेन्ड्स लिगको उपाधि

14 Jul, 2024

पहिलो पटक आयोजना भएको वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स क्रिकेटको उपाधि भारतले जितेको छ। शनिबार राति बर्मिङघममा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतको लिजेड्स टिम च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले ५ विकेटको क्षतिमा १९.१ ओभरमा भेट्टायो। उसका लागि अम्बाती रायडुले अर्धशतकीय पारी खेले। उनले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै, गुरकिरतमन सिंहले ३३ बलमा ३४ बनाए। यी दुईले तेस्रो विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यस्तै, युसुफ पठानले १६ बलमा ३० रन बनाउँदा कप्तान युवराज सिंह १५ रनमा नटआट गरे। बलिङमा पकिस्तानका यमिर यमिनले २ तथा साहिद अजमल, वाहब रियाज र शोएब मल्लिकले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान लिजेन्ड्सले ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। उसका लागि शोएब मल्लिक ३६ बलमा ३ छक्का मद्दतमा ४१ रन बनाए। यस्तै, कमरान अमकमलले १९ बलमा २४, सान मक्सुदले १२ बलमा २१, सोहिल तनवीरले ९ बलमा १९ र मिसवाह उलहकले १५ बलमा १८ रन बनाए।

बलिङमा भारतका अनुरित सिंहले ३ तथा विनय कुमार, पवन नेगी र इरफान पठानले समान १ विकेट लिए।

उपाधिसँगै ट्रफी र २ लाख युरो प्राप्त गरेको छ भने उपविजेता बनेको पाकिस्तानले १ लाख युरो प्राप्त ग¥यो।

भारतलाई उपाधि दिलाउन उत्कृष्ट ब्याटिङ गरेका युसुफ पठान प्लेअफ अफ दी सिरिज बने। उनले प्रतियोगितामा फाइनल अघि लगातार तीन अर्धशनकसहित कुल २२१ नर बनाएका थिए।

प्रतियोगितामा भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्यान्डका लिजेन्ड्स टिम सहभागी थिए।